६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व राष्ट्रपति भण्डारीको शुभकामनाः एमाले ११औँ महाधिवेशन सफल हुनेमा दृढ विश्वास

फाइल तस्बिर

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै महाधिवेशन पूर्ण सफल हुने विश्वास प्रकट गरेकी छन्।

 वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउँदै अगाडि बढाउन यो महाधिवेशन महत्वपूर्ण रहेको उनले बताईन्।  

‘नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो महाधिवेशन आम नेपाली जनताको समेत गम्भीर चासोको विषय बनेको छ,’ उनले भनिन्।

विशेष परिस्थितिका कारण एक वर्षअघि नै हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा वैचारिक रूपमा परिपक्व नेतृत्व, उर्जाशील तथा अनुशासित युवा पुस्ता, र विविध क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पार्टी पंक्तिलाई उच्च जिम्मेवारीपूर्वक ध्यान दिन उनले आग्रह गरेकी छन्।

दुइ वर्षअघि विधानअनुसार नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित रूपमा रोकिएको भण्डारीको गुनासो छ।  

‘म भौतिक रूपमा उपस्थित नहुन सक्छु, तर पार्टी परिवारको अभिन्न सदस्यको रूपमा म तपाईँहरूकै साथमा छु।,’ उनले भनिन्, ‘देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको भरोसाको केन्द्र रहेको नेकपा (एमाले)को यो महाधिवेशन सफल होस् भन्ने हार्दिक शुभेच्छा।’  

प्रकाशित: ११ मंसिर २०८२ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App