२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

खोटाङबाट १ हजार ३१५ किलो गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय खोटाङले १ हजार ३१५ किलोग्राम गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

शुक्रबार दिउँसो १२ः३० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ बालिडस्थित मध्यपहाडी लोकमार्गको जंगल क्षेत्रमा शंकास्पद अवस्थामा रोकि राखेको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो।

प्रहरी निरीक्षक निराजन बस्नेतको कमाण्डमा खटिएको टोलीले ट्रकमाथि चेकजाँच गर्ने क्रममा चालक बस्ने क्याबिन र पछाडिको डलाबीच फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा १ हजार ३१५ किलोग्राम गाँजा बरामद  गरेको हो।

बरामद गरिएको ट्रक र गाँजालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा लगिएको छ।

प्रहरीले फरार रहेका ट्रकका चालकको खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३ १९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App