२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

भूमिसम्बन्धी विधेयक अन्ततः समितिमा पठाइयो

फाइल तस्बिर

प्रतिनिधि सभाले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक समितिमा पठाएको छ ।  

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकलाई सर्वसम्मत समितिमा पठाएको हो । सत्तारुढ दल नेकपा (एमाले)ले सदनबाटै पारित गर्नका लागि अडान लिए पनि सत्तारुढ दल कांग्रेसले भने समितिमा पठाउनु पर्ने अडान लिएको थियो ।  

जसका कारण शुक्रबार सदनबाट पारित गर्ने तयारी गरिए पनि बिहीबार नै समितिमा पठाउने गरी कार्यसूचीमा राखिएको थियो । बैठकको अन्तिममा समितिमा पठाउने निर्णय सर्वसम्मति पारित भएको छ ।  

असार २५ गते समितिको पूर्ण बैठकबाटै पारित गर्ने गरी विधेयक सम्भावित कार्यसूचीमा समेटिएको थियो। तर विधेयकमा संशोधन दर्ता गराएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहितका सांसदहरूले विधेयक समितिमा पठाउनुपर्ने अडान लिएका थिए। जसबाट कार्यसूचीमा भूमि विधेयक राखिएको थिएन ।  

त्यसपछि शुक्रवारको कार्य तालिकामा भूमि विधेयक कार्यसूचीमा राख्ने गरी उल्लेख गरिएको थियो । समितिमा पठाउने वा सदनबाट पारित गर्ने भन्ने मात्र उल्लेख थियो ।

प्रकाशित: ८ श्रावण २०८२ १८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App