२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

चुनावको नतिजाबारे वामदेवको टिप्पणी- अनपेक्षित छ, जे भयो त्यही हो

नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले निर्वाचनको नतिजा अनपेक्षित रहेको बताएका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीको कमजोर प्रदर्शनबारे यस्तो प्रतिक्रिया दिएका हुन्।

पार्टीको अवस्था दयनीय बनेको विषयमा संचारकर्मीले राखेको जिज्ञासामा उनले जति तयारी थियो, नतिजा त्यही अनुसार नै आएको सुनाए।

चुनावमा पार्टीले उल्लेख्य मत ल्याउन नसकेको कुरालाई स्वीकार गर्दै उनको सुनाए, ‘जे छ त्यो तपाईंहरूले देखिसक्नुभएको छ। त्यही प्राप्त हुनेवाला थियो। त्योभन्दा बढी पाउने गरी हामी जान सकेनौं।’

यसैगरी, पार्टीका शीर्ष नेता माधवकुमार नेपालले नै चुनाव हारेपछि अब के बाँकी रह्यो भनी सञ्चारकर्मीले प्रश्न गरेका थिए।

उक्त प्रश्नमा गौतमले कुनै लामो प्रस्टीकरण नदिई परिस्थितिलाई बाध्यताका रूपमा स्वीकार गरेको बताए। गाडीमा चढ्ने क्रममा उनले निकै छोटो प्रतिक्रिया दिए, ‘जे भयो, त्यही हो।’

प्रकाशित: २७ फाल्गुन २०८२ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App