नेकपा एकीकृत समाजवादीले भर्खरै पार्टी प्रवेश गरेका वामदेव गौतमलाई तेस्रो वरियता दिएर ‘वरिष्ठ नेता’को पद दिएको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले गौतमलाई तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिइएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
‘वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको वरिष्ठ नेताको हैसियतसहित सम्पूर्ण केन्द्रीय विभागहरूलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ,’ प्रवक्ता ज्वालाले भने।
प्रकाशित: ३० श्रावण २०८२ १७:०३ शुक्रबार





