राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उनले आज दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ।
शाहसँगै आजै नयाँ मन्त्रीहरूले पनि शपथ लिने छन्। स्रोतका अनुसार रास्वपाले स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र र सुदन गुरुङलाई गृहमन्त्री बनाउने पक्का भएको छ।
त्यस्तै, मन्त्रीमण्डलमा प्रतिभा रावललाई सामान्य प्रशासन, गणेश पौडेललाई पर्यटन र अमरेश सिंहलाई उद्योग मन्त्री बनाइने भएको छ। सुनिल लम्शालले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी तयारी पूरा भएको स्रोतले बताएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १०:२६ शुक्रबार





-600x400.jpg)