४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

फाइल तस्बिर

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

उनले प्रम शाहले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो भएको भनाय राखे। साथै उनले गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकिएको पनि बताए। 

उनले सामाजिक सञ्जालमा लेखे, 'बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकियो।'

यस्तै, राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएका कारण नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउँदै उनले भने, 'राज्य आतंक मच्चाएर जनतालाई बेघर, बासविहीन बनाएर बिजोग बनाएको कारण नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। मैले सुझाएको कुरा मानेको भए बालेनको यो गति हुने थिएन।'

प्रकाशित: १७ वैशाख २०८३ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App