२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक घाइते

कञ्चनपुरको लालझाडी गाउँपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। अर्की एक जना घाइते भएकी छन्।

सोमबार बिहान भएको दुर्घटनामा सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको ज्यान गएको हो।

लालझाडी गाउँपालिका–४ जाइस्थित माटो खन्ने क्रममा अचानक ढिस्को खसेर हरदुलिया पुरिएकी थिइन्। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनको शव बाहिर निकालेको थियो।

ढिस्कोले पुरिएर घाइते भएकी अर्की एक महिलाको धनगढीस्थित सञ्जीवनी अस्पतालमा

उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App