६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अपराध

१३ वर्षीया बालिका करणी आरोपमा ५० वर्षीय पुरुष पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन्।

राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भनी प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका विकलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

‘घटनाका सम्बन्धमा थप प्रमाण संकलन र आवश्यक अनुसन्धान भइरहेको छ,’ प्रहरीले भनेको छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लगायतका प्रक्रियाहरू पूरा गरी घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको लमही प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ४ जेष्ठ २०८३ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App