६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राजीनामा बुझाए लगतै ‘घण्टी घर’ पुगे बालेन

काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिए लगत्तै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन्।

महानगरको उपप्रमुखलाई राजीनामा पत्र बुझाएर शाह सिधै वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालय (घण्टी घर) पुगेका हुन्।

उनको आगमनसँगै वनस्थलीस्थित कार्यालय परिसरमा कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले आजै महानगरको मेयर पद त्यागेका हुन्।

वनस्थलीमा केही बेरमा रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने र औपचारिक पार्टी प्रवेशको कार्यक्रम हुने बुझिएको छ।

बालेनसँगै हामी नेपालका संयोजक सुदन गुरुङ लगायतको टोली पनि वनस्थली पुगेको छ।

प्रकाशित: ४ माघ २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App