नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा विचारसहितको पुस्तान्तरण हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण बहस’ कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्।
राजनीतिमा पुस्तान्तरणको कुरा आउँदा राजावादीले पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई उचाली रहेकोजस्तो हुन नहुने पनि भट्टराईको तर्क थियो।
‘पुस्तान्तरण भन्दा राजावादीहरूले समातिहाले ज्ञानेन्द्रजीको नातिलाई त लगेर घुमाए नि जुम्लामा गएर,’ भट्टराईले भने, ‘त्यो पुस्तान्तरण गरे उनीहरूले।’ त्यस्तो पुस्तान्तरणको तर्कले नहुने पनि उनले बताए। ‘कुरा मात्रै गरेर हुँदैन । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक छ,’ भट्टराईले अगाडि भने।
प्रकाशित: ७ भाद्र २०८२ १८:५४ शनिबार





