पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारको समूहबिच आज (आइतबार) एकता घोषणा हुँदैछ।
राष्ट्रियसभा गृहमा बिहान ११ बजे एकता घोषणा हुन लागेको हो। ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम राखेर नयाँ दल दर्ता गर्ने सहमति उनीहरूबिच भएको हो।
चुनावका लागि पहिले नै दर्ता भइसकेको उक्त पार्टीको चुनाव चिह्न ‘आँखा’ राखिएको छ। उक्त चुनाव चिह्न नेसपाले प्रयोग गर्दै आइरहेको छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ।
प्रकाशित: ७ मंसिर २०८२ ०९:२७ आइतबार





