आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरी कांग्रेस क्षेत्र नम्बर ३ ले आफ्नो नाम समावेश नगरेको भन्दै कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कांग्रेस जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
गत मंसिर २२ गते कांग्रेस क्षेत्रीय समितिले अलोकतान्त्रिकढंगले बिरेन्द्र कुमार कनौडियाको नाम प्रत्यक्षमा एकल नाम सिफारिस गरेकोमा उनले आपत्ति जनाएका छन ।
नेता शाहले पार्टी कार्यालयमा पुगेर पार्टी सहसचिव वर्जी अर्सदलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । २०७४ मा निर्वाचित र २०७९ मा निकटतम प्रतिद्वन्दी भएको जनाउदै उनले आफुलाई समेत उम्मेदवारको सूचीमा समावेश गर्न माग गरे ।
गत मंसिर २२ गते बसको क्षेत्रीय समितिले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ कांग्रेस नेता कनौडिाको एकल नाम सिफारिस गरेको थियो ।
उता पार्टीको प्रदेश क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र नम्बर ३ क ले पार्टी कार्यकर्ताका भावना अनुसार क्षेत्रीय समितिले नाम नसमेटेको भन्दै अभिषेक प्रताप शाहको समते नाम समावेश गरी पठाउने निर्णय गरेको छ ।
क्षेत्रीय सभापति गोबिन्द बहादुर केसीले विज्ञप्ति निकाल्दै गत मंसिर २२ गते सम्पन्न क्षेत्रीय समितिको बैठकमा नेता शाहको नाम आए पनि जबरजस्त एकलरुपमा बिरेन्द्र कनौडियोका नाम राखिएको उल्लेख गरेका छन ।
प्रकाशित: २४ मंसिर २०८२ २१:२५ बुधबार





