नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारमाथि स्टन्टबाजी गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने सरकारको कदमलाई ‘नाटक’ भनेका हुन्।
बस्नेतले लेखेका छन्, ‘सरकारको नयाँ स्टन्टबाजी। तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वमन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ। जहाँसम्म केपी शर्मा ओलीको कुरा छ, उहाँले धेरै अघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ। अब तपाईंहरूलाई उहाँको “शेष सम्पत्ति” खोज्ने हतारो छ भने, गएर हेर्नुस्, तपाईंहरूकै योजनामा जलाइएका बालकोटको उहाँका घरहरू र खरानी बनेका पुस्तकालयहरूमा। त्यो नै उहाँको सम्पत्ति हो। देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण। अब अनावश्यक स्टन्टबाजी बन्द गर्नुस्।’
उनले सरकारको यो कदम अनावश्यक र देखावटी भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति राष्ट्रप्रति समर्पित रहेको उल्लेख गरेका छन्। बस्नेतको यो बयान पूर्वप्रधानमन्त्री ओलीसहित शेरबहादुर देउवा र पुष्पकमल दाहालविरुद्ध अनुसन्धान गर्न लागेको चर्चाबिच आएको हो। सरकारले पूर्वमन्त्री आरजु राणा, दीपक खड्कामाथि पनि अनुसन्धान गर्ने तयारी गरिरहेको चर्चा छ।
यस्तो छ उनको स्टाटस
सरकारको नयाँ स्टन्टबाजी ।
तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ!
जहाँसम्म केपी शर्मा ओलीज्यूको कुरा छ । उहाँले त धेरै अघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ।
अब तपाईंहरूलाई उहाँको “शेष सम्पत्ति” खोज्ने हतारो छ भने ,
गएर हेर्नुस्, तपाईंहरूकै योजनामा जलाइएका बालकोटको उहाँका घरहरू र खरानी बनेका पुस्तकालयहरूमा।
त्यो नै उहाँको सम्पत्ति हो।
देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण।
अब अनावश्यक स्टन्टबाजी बन्द गर्नुस्।
प्रकाशित: ३१ आश्विन २०८२ १३:१२ शुक्रबार





