जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक आत्महत्याको बाटो रोज्न नसक्ने भनि टिप्पणी गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीसँग एकता हुने चर्चाका बिच बस्नेतले राजनीतिक जीवनको लगभग उत्तरार्धतिर आइपुग्दा अशोक राई विचार र मुद्दाबाट विचलित र स्खलीत हुन नहुने भन्दै उत्पीडित समुदाय तथा श्रमजीवी वर्गको उत्थानका लागि नवीन जिम्मेवारी बोकेर हिडेका राजनीतिज्ञले यस्तो निर्णय गर्न नहुने भन्दै बस्नेतले टिप्पणी गरेका छन् ।
बस्नेतले भनेका छन्, ‘साम्यवादी विचार र पुजीवादी विचारको विकल्पमा समाजवादी विचारको अगुवाइ गर्ने मध्येका एक अग्रज अशोक राई आजका दिनसम्म पनि उक्त विचार र एजेण्डाबाट विचलित भएका छैनन् र आगामी दिनमा पनि विचलित हुने छैनन् भन्ने मेरो व्यक्तिगत बुझाइ छ । समाजवादी ध्रुवीकरण आजको आवश्यकता हो र त्यसका लागि अशोक राईले दुस्साहस गरुन् ।’
अशोक राईले पहिचानको मुद्दा र समाजवादीको विचारको अगुवाइ गरेको गरेको भन्दै उनले नेपाली कम्युनिष्ट पार्टीसँग एकता वार्ताको चर्चाप्रति बस्नेतले आश्चर्य प्रकट गरेका छन् ।
तत्कालीन नेकपा माओवादीले छोडेको पहिचानको मुद्दालाई जीवन्त र सशक्त बनाउँदै आएका अशोक राई अथक योद्धा भएको भन्दै बस्नेतले समाजवादी ध्रुवीकरणका लागि पहलकदमी लिनुपर्ने बताए ।
प्रकाशित: १ मंसिर २०८२ १८:२० सोमबार





