२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

संसद्‍मा आशिकाको नियमापत्ति : ‘बाँदरालाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद ध्रुवराज राईले बाँदरले दु:ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएपछि सांसद तामाङले नियमापत्ति गरेकी हुन्।

उनले ‘बाँदरालाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग गरेकी छन्। ‘उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ। त्यो आपत्तिजनक छ। यो फिर्ता नभइ पूरै काटेर फालिनुपर्छ,’ उनले भनिन्। 

प्रकाशित: ४ जेष्ठ २०८३ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App