२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेन र सुदनविरुद्ध कपिलवस्तुमा पनि उजुरी

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र जेन–जी समूहका अगुवा सुदन गुरुङविरुद्ध कपिलवस्तुमा पनि प्रहरीमा उजुरी परेको छ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु, कपिलवस्तुले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो।

अनेरास्ववियुले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र आपराधिक गतिविधि गर्न उक्साएको आरोप शाह र गुरुङमाथि लगाएको छ।

उजुरीमा उनीहरूमाथि राज्यविरुद्ध जासुसी गरेको जस्तो गम्भीर आरोप समेत लगाइएको छ।

अनेरास्ववियुका जिल्ला संयोजक पारस मरासिनी नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई उजुरी बुझाएको हो।

उजुरी बुझाउने क्रममा अनेरास्ववियुले शाह र गुरुङले युवाहरूलाई प्रयोग गरी राज्यविरुद्ध भ्रम फैलाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने र अराजक गतिविधिलाई प्रोत्साहन गरेको दाबी गरेको छ।

प्रहरीले जाहेरी दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।

प्रकाशित: २७ आश्विन २०८२ १८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App