दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोपमा झडप भएको छ।
झडप हुँदा दोलखामा हवाई फायर भएको छ। मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:२७ बिहीबार





-600x400.jpg)