नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन्।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा उनले संयुक्त जनआन्दोलनको नीतिका आधारमा आफूहरुले निर्माण गरेको बृहत्तर मोर्चाका साथै तत्कालीन सात दलको संयुक्त जनआन्दोलनका बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताए।
सबै देशभक्त कम्युनिष्टले पुष्पलाललाई साझा व्यक्तिका रूपमा स्वीकार्ने बताउँदै अध्यक्ष दाहालले सबै कम्युनिष्ट एकीकृत हुनुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सामाजिक विज्ञानको अनुसन्धानकर्ता, दार्शनिक, चिन्तकका रुपमा आफूले पुष्पलाललाई स्मरण गर्दै आफू ३६ वर्षदेखि नेतृत्वमा रहेर भिन्न मतलाई सम्मान गर्ने गरेको उल्लेख गरे।
प्रकाशित: ७ श्रावण २०८२ १९:३७ बुधबार





