२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सभापतिमा रवि निर्विरोध भएपछि बालेनले लेखे: देशलाई सफल बनाउनुस्

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशनमा अन्य कुनै उम्मेदवार नउठेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

मंगलबार भएको उम्मेदवारी दर्ताका क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा रविले सभापति पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि उक्त पदमा अर्को दाबी नपरेपछि उनी पुनः नेतृत्वमा दोहोरिएका हुन्।

रवि पुनः सभापतिमा निर्वाचित भएपछि वरिष्ठ नेता बालेन शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। मध्यराति उनले आफू र रवि लामिछानेको स्केच चित्र साझा गर्दै पार्टीको आगामी यात्राका लागि शुभकामना दिएका हुन्।

बालेनले रोमन नेपालीमा लेखेका छन्, “हाम्रो पार्टीलाई शुभकामना। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”

रास्वपाको नेतृत्व फेरि रविकै हातमा पुगेसँगै पार्टीभित्र नयाँ ऊर्जा थपिएको नेताहरूको भनाइ छ। महाधिवेशनपछि पार्टीले आगामी राजनीतिक रणनीति र सरकार सञ्चालनमा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १० असार २०८३ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App