नेकपा एमालेका नेता गोकुल बास्कोटाले समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरू पटक-पटक गुमाएपछि पश्चातापको समय मात्र रहने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको पछिल्लो भावुक सन्देशप्रति लक्षित गर्दै बास्कोटाले यस्तो बताएका हुन्। दाहालले आफू नेता मात्र नभएर कसैको बुवा, योद्धा भएको स्मरण गराएका थिए।
'समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरू पटक-पटक गुमाएपछि पश्चातापको समय मात्र रहन्छ,' उनले सामाजिक सञ्जालमा भनेका छन्, 'कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यै हो। अब लाष्ट विकल्प चुनाव रोक्नु वा अन्तिम पल्ट आफ्नै दुईचारका लागि मात्र भए पनि आकस्मिक वाम अंकमाल प्रयत्न।'
प्रकाशित: १९ माघ २०८२ ०९:१४ सोमबार





