सङ्घीय संसद् प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा संविधानको धारा १०६(१) अनुसार सङ्खुवासभाका अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन्।
यसअघि प्रतिनिधि सभाका सचिव हर्कराज राई मगलबारमात्रै पदमुक्त भएका थिए।
प्रकाशित: ३० वैशाख २०८३ १६:४३ बुधबार





