४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

'मिसन ८४'का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भयो : शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। पोखरेलले 'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक रहेको बताउँदै त्यो सुनिश्चित भएको जिकिर गरेका छन्।

उनले लेखेका छन्, 'विधि निर्माणको अन्योल अन्त्य भएको छ। 'मिसन ८४' का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।'

नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। सन्दर्भमा रहेर महासचिवको उक्त भनाइ आएको आकलन गरिएको छ।

प्रकाशित: २ श्रावण २०८२ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App