‘राजहाँसले जस्तै दूध र पानी छुट्ट्याउने क्षमता नेपालसँग छ’
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले इन्डोप्यासिफक अमेरिकी सरकारको नीति भएकाले उसले यसलाई आफ्नो ढंगले विश्लेषण गर्ने र नेपालले आफ्नै ढंगले विश्लेषण गर्नुपर्ने बताए। ‘हामीले राजहासले जस्तै दूध र पानी छुट्ट्याउन सक्छौं। नेपालसँग त्यो क्षमता हुनुपर्छ र त्यो छ पनि। यसमा धेरै तनाव लिन आवश्यक छैन,’ प्रश्नको जवाफ दिँदै उनले भने।

