२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सभा सांसदमा नयाँ अनुहार

दैलेख निर्वाचन क्षेत्र नम्वर –१ (क) मा काँग्रेसबाट प्रदेश सांसद उम्मेदवार पूर्णबहादुर खत्री, (ख) एमालेबाट प्रदेश सांसदका उम्मेदवार प्रेमबहादुर थापा, दैलेख निर्वाचन क्षेत्र नम्वर –२ (क) काँग्रेसबाट प्रदेश सांसद उम्मेदवार घनश्याम भण्डारी, एमालेबाट प्रदेश स

पहिलो पटक प्रदेश सांसदको उम्मेदवारका रुपमा दैलेखमा चार निर्वाचन क्षेत्रमा ५ जना लड्दैछन्। पार्टीको राजनिति गरेका उनीहरु नयाँ अनुहारका रुपमा सांसद पदको उम्मेदवार भएर जनतामाँझ पुगेका हुन्।  

 पुराना नेताहरु २०४८ सालदेखि अहिलेसम्म निरन्तर लड्दै आएका बेला नयाँ पुस्ताबाट प्रतिनिधित्व गर्दै पहिलो पटक सांसद उम्मेदवार भएर गाउँगाउँमा आफुलाई चुन्न जनतामाँझ पुगेका हुन्। पार्टीभित्र निकै चुनौती मोलेर उनीहरु चुनावी मैदानमा उम्मेदवारका रुपमा प्रस्तुत भएका छन्। चुनावमा पुराना र दोहोरिने नेताहरु हावी हुने प्रचलनलाई तोड्दै नयाँ अनुहार सांसदका रुपमा उम्मेदवार मत माग्दै घरदैलोमा पुगेका हुन्।    

   दैलेख निर्वाचन क्षेत्र नम्वर १ को ९क० मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले लामो समय पार्टी राजनिति गर्दै आएका पूर्णबहादुर खत्री पहिलो पटक प्रदेश सांसद पदको उम्मेदवार बनाएको छ। यो प्रदेशमा गुरासँ, डुगेश्वर र भगवतीमाई गाउँपालिका रहेका छन् ।  

  प्रदेश (ख) नेकपा एमालेले यसअघि जिल्ला समन्वय प्रमुख भएका प्रेम बहादुर थापालाई सांसद उम्मेदवार गराएको छ। काँग्रेसका खत्रीको प्रतिष्पर्धामा एमालेबाट अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट पूर्व प्रदेश सांसद धर्मराज रेग्मी छन्। त्यस्तै थापाको प्रतिष्पर्धी काँग्रेसका कृष्णकुमार विसी रहेका छन्। उनी यसअघि (क) मा प्रदेश सभा सांसद धर्मराज रेग्मीसंग पराजित भएका थिए। यो प्रदेशमा नारायण नगरपालिका, महावु र नौमुले गाउँपालिका रहेको छ।

 निर्वाचन क्षेत्र नम्वर २ को (क) मा नयाँ अनुहारका रुपमा दुई जना प्रदेश सभा सांसद उम्मेदवारमा प्रतिष्पर्धामा छन्। जसमा यसअघि दुल्लुनगर पालिका प्रमुख भईसकेका नेपाली काँग्रेसका घनश्याम भण्डारी पहिलो पटक सांसद पदमा उम्मेदवार छन्। काँग्रेसको दुई कार्यकाल क्षेत्रिय सभापती हुँदै जिल्ला सभापतीमा झिनो मतले पराजित भण्डारी यस पटक प्रदेश सभा उम्मेदवार सत्ता गठबन्धनअन्र्तगत नेपाली काँग्रेसबाट चुनिएका हुन्। भण्डारीको प्रतिष्पर्धामा नेकपा एमालेका तिलकप्रसाद रिजाल रहेका छन्। २०५४ का पूर्व दुल्लु गाविस अध्यक्ष भईसकेका रिजाल पहिलो पटक प्रदेश सांसदका रुपमा पार्टीले उम्मेदवार बनाएको छ। भण्डारी र रिजाल दुल्लुनगरपालिकाबासी हुन्। यो प्रदेशमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिका पर्दछन्।

 क्षेत्र नम्वर २ को ९ख० प्रदेशमा नेकपा माओवादी केन्द्रबाट योगेन्द्र शाही पहिलो पटक सांसद पदको उम्मेदवार रहेका छन्। उनी नेकपा एमालेबाट पार्टी प्रदेश गरेर माओवादीबाट अन्तिम समयमा उम्मेदवार भएका हुन्। उनको प्रतिष्पर्धामा एमालेका विनोदकुमार शाह रहेका छन्। उनी पूर्व प्रतिनिधिसभाको सांसद समेत हुन्।

 

 

प्रकाशित: २२ कार्तिक २०७९ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App