८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशकाे राजनीतिक कठिनाइहरुको सम्बोधन काँग्रेसले मात्रै गर्न सक्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले देशको राजनीतिक कठिनाईहरुको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्नसक्ने बताएका छन्।  

सिंहले घरदैलो कार्यक्रमको क्रममा देशको राजनीतिक कठिनाईहरुको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्नसक्ने भएकाले काँग्रेसको जरुरत अझै रहेको बताएका हुन्।  

उम्मेदवार सिंहले आइतबार काठमाडौं क्षेत्र नं. १ अन्तर्गत मैतिदेवी, डिल्लीबजार, घट्टेकुलो र आसपासका क्षेत्रमा घरदैलो गरेका छन्। गठबन्धनका नेता, कार्यकर्ताहरुसहितको उनको टोली सो क्षेत्रमा घरदैलोमा पुगेको हो।  

चुनावी गीत घन्काउँदै र हाते माइकमा आफूहरु घरदैलोमा आएको जानकारी गराउँदै नेता, कार्यकर्ता सहभागि भएका थिए। टोलीले नेपालको झण्डा, नेपाली काँग्रेसको झण्डा र चुनाव चिन्ह रुख अंकित झण्डा बोकेको थियो। 

प्रकाशित: २० कार्तिक २०७९ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App