५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।  

कार्कीले आगामी मंसीर ४ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन्।

'आज सर्वजनिक बिदा भएकोले सर्वोच्च पनि बन्द हुन्छ,त्यसैले अब भोली बिहान आयोगको निर्णयविरुद्ध सर्वोच्च जाँदै छु,' कार्कीले नागरिकसँग भनिन्।

आयोगले सार्वजनिक पदमा बसेर लाभ लिइरहेको व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा राख्दै आएकी छिन्।

त्यस्तै उनले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई लिखित सोधेको  र आयोगले कुनै पनि जवाफ नदिएको बताएकी छिन्।  

प्रकाशित: १३ कार्तिक २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App