१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

फाइल तस्बिर।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए। उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, साँस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताए। जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख उनले गरे। 

चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको उनको भनाइ छ। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे।

मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए। चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गरे। फोटो प्रदर्शनीमा चीन सरकारले विगत १० वर्षमा कसरी देशको विकास गर्न सक्षम भयो भन्ने कुरा देखाइएको थियो।

प्रकाशित: ३ कार्तिक २०७९ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App