१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन्। सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बुधबार भित्रमा बिना विभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ।  

प्रधानमन्त्री देउवाले यसका लागि सोमबार नै मुख्य सचिवलाई आवश्यक कानुनी प्रक्रिया बुझन निर्देशन दिएका छन्। ‘प्रधानमन्त्रीले मुख्य सचिवलाई कानुनवीद, महाधिवक्ताको कार्यालय र निर्वाचन आयोगसँग तत्काल परामर्श गर्न निर्देशन दिनुभएको छ’, प्रधानमन्त्री कार्यालय स्रोतले नागरिकसँग भन्यो । स्रोतका अनुसार बुधबार भित्रमा यो बिषय टुङग्याउन प्रधानमन्त्री आतुर छन्।

‘सकभर बर्खास्त गर्ने तर निर्वाचन आयोगले हटाउन हुदैन भन्यो भने बर्खास्त नगरेर बिना विभागीय मन्त्री बनाएर राख्ने प्रधानमन्त्रीको तयारी छ’, स्रोतले भन्यो। यसै बिषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले मंगलबार दिउँसो सत्तारुढ गठबन्धन दलका नेताहरुसँग छलफल गर्दैछन्।

जनता समाजवादी पार्टीबाट सरकारमा गएका मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रोजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन्। आफ्नो दल सत्तारुढ गठबन्धनबाट बाहिरिए पनि यी मन्त्रीहरु भने सरकारमै बस्न खोजिरहेका छन्।  

निर्वाचन आयोगको आचारसंहिता अनुसार यी मन्त्री हटाइए भनेपनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्ती गर्न पाउने संभावना न्यून छ। नयाँ नियुक्तीमा आचारसंहिता आकर्षित हुने आयोगको ठहर छ।

प्रकाशित: २५ आश्विन २०७९ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App