१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोमल वली एमालेको प्रत्यक्ष तर्फबाट दाङ ३ की उम्मेदवार

नेकपा एमालेले गायिका कोमल वलीलाई यसपटक निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। एमालेले उनलाई दाङको निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बनाउने भएको छ। वली त्यहीबाट चुनाव लड्ने भएकी छिन्।  

अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन्। तर त्यतिबेला उनलाई  टिकट दिइएन्। टिकट नदिएपनि पछि वलीलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो।    

यसैगरी एमालले दाङको निर्वाचन क्षेत्र नम्बर १ मा शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ मा शंकर पोखरेललाई उठाउने भएको छ। यी तीन उम्मेदवारले दाङबाट टिकट पाएको एक एमाले नेताले बताएका छन्।

प्रकाशित: २१ आश्विन २०७९ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App