१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ।

मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो। मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो। स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरीहरुछन्।

मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उनले काठमाडौँ आउनेवित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ। 

प्रकाशित: १३ आश्विन २०७९ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App