१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

‘मंसिर ४ गते एमाले आउँछ, सूर्य चिन्ह आउँछ–आउँछ’

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन्।  

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।  

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए। ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामथ्र्य हाम्रो हुनुपर्छ।’

जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे।  

आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए। ‘मंसिर ४ गते एमाले आउँछ। सूर्य चिन्ह आउँछ–आउँछ।’

प्रकाशित: १२ आश्विन २०७९ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App