coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारले राष्ट्रपतिलाई अपमान गर्‍योः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको सरकारले बहुमतको दम्भमा राष्ट्रपतिलाई अपमान गरेको आरोप लगाएका छन्।

शनिबार धनुषाको बिदेह नगरपालिका तिनकौरिया बजारमा जिल्ला कमिटीले आयोेजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको १५ बुँदे सुझावलाई सरकारले वास्ता नगरी संसदमा केही छलफल नगरी राष्ट्रपतिलाई अपमान गरेको बताए।

उनले भने, ‘संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्‍यो। बलज्बती गरेर नचाहिँने कुराहरु साम्मेल गरेर नागरिकता विधेयक ल्याएर राष्ट्रपति समक्ष पठाइयो। राष्ट्रपतिले सुझावसहित फेरि एकपटक विचार गर्न संसदमा फिर्ता पठाएको तर सरकारले अहंकार देखायो। राष्ट्रपतिको अपमान गर्‍यो तथानाम बोल्यो र केही पनि सच्याउन तयार नभएको कारण नागरिकता विधेयक प्रमाणीरण नभएको उनको भनाइ थियो।’

‘हामीले पहिल्यैनै नागरिकता सम्बन्धी आध्यादेश ल्याएर नागरिकताको समस्या समाधान गर्न खोज्या थियौं। हामीले ल्याएको आध्यादेशमार्फत कानुन बनाएर ५/६ हजार नागरिकता बाँडिसकेका थियौं तर यिनै गठबन्धनका नेताहरुले संसद छलेर ल्याएको अध्यादेशमार्फत नागरिकता बाँडिरहेको भन्दै मान्छे उच्चालेर अदालतमा मुद्दा हाल्न लगाएर त्यो रोक्न लगायो।, ओलीले थपे ‘हाम्रो पार्टी फुटाउन ल्याएको अध्यादेश संसद छलेको भएन्। हामीलाई सरकारबाट हटाउँदा नियम कानुन चाहिँन। गठबन्धनको सरकार बनाउन परमादेश जारी गर्दा संविधानको कुनै धारा चाहिँन तर नेपाली नागरिकको छोराछोरीलाई नागरिकता दिन्छु भन्दा संविधानमा भएको कुरालाई हुन नदिएर रोक्ने काम भयो। म दुःख व्यक्त गर्न चाहन्छु नागरिकताको समस्या समाधान गर्न सकिन।  नागरिकता विधेयकमा नयाँ कुरा चाहिएको छैन।' अलिकति संसोधन गरौं वा हामी ल्याएको नागरिकता विधेयक अहिले ल्याएर नागरिकताको प्रमाणपत्र दिन सरकारसँग उनले माग गरे।

प्रकाशित: ८ आश्विन २०७९ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App