१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलको सिफारिसमा प्राथामिकताः सिद्धान्त भन्दा ‘विकास प्रेमी’ नेता कार्यकर्ताको रोजाइ

दलको सिफारिसमा सिद्धान्त बोक्ने नेता भन्दा विकासमा झुकाव देखाएका नेता तर्फ कार्यकर्ताको रोजाइमा परेको पाइएको छ। पुराना वा नयाँ नेता भन्दा पनि विकासका पक्षमा योगदान गर्ने तर्फ उन्मुख नेता दलका कार्यकर्ता सिफारिस चयनमा प्राथामिकतामा परेको पाइएको हो।

ठूला दल काँग्रेस, एमाले, माओवादीले हालै सम्पन्न गरेको सिफारिसमा अधिकांश विकास उन्मुख तर्फ देखिएका उम्मेदवारको सिफारिस गरेको रेर्कडमा देखिन्छ। तर, बर्दियामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ नम्बरमा काँग्रेस र क्षेत्रनं २ मा माओवादी वर्चस्व रहेको अघिल्लो निर्वाचन परिणामबाट देखिएको छ।

गठबन्धनमा क्षेत्रनं २ माओवादीको र क्षेत्रनं १ नेपाली काग्रेसको भाग पर्ने गरी टुगिसकेको स्रोतको दाबी छ। काँग्रेसबाट बर्दिया क्षेत्रनं १ मा पूर्व सिंचाइ मन्त्री संजय गौतमको नाम एक नम्बरमा सिफारिस भएको छ। गौतम बाढी पीडितको समस्या झेलिरहेका जिल्लाबासीको लागि बबइ, भादा र औरही नदी नियन्त्रण व्यवस्थापन कार्यालय स्थापना गर्न उनकै योगदानको चर्चा छ।

तटबन्ध निर्माणले विगत पाँच वर्षदेखि बाढी आउँदा बस्ती डुवानको समस्या टरेको आम सर्वसाधरण बुझाइमा परेको छ। बाम गठबन्धन हुँदा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई चुनावमा पराजय गराउँन सक्ने नेका नेता गौतमको भित्रि छबि विकास ब्रान्ड नै हो भन्ने आँकलन मतदाता गर्छन्। अहिलेको सिफारिसमा समेत गौतमलाई विकास प्रेमी नेता भएको कारण देखाएर काँग्रेसका नेता तथा कार्यकर्ताले सिफारिस गरे।

निर्वाचन क्षेत्रनं २ बाट माओवादीबाट एकल सिफारिसमा परेका मधुवनका सुरेश पन्थ ‘नामले भन्दा काम’ले चिनिएका युवा नेता मध्यमा पर्छन्। सिफारिस हुनु अघि पन्थलाई सल्लाहा दिने गरेको शुभचिन्तकको कुरा समिम अन्सारीले स्मरण गर्दे भने, 'समाज सेवा, विकासको पक्षमा अग्रसरता, कोरोना कहरमा देखिएको सक्रियता, जिल्लालाई कृषि अनुसन्धान केन्द्र बनाउँन तिम्रो प्रयास सफल हुँदैन, जताततै हात नहाल।’ पन्थले काममा देखाएको सर्मपणमा आरिस गर्ने भन्थे–‘पन्थ कहिल्य सफल हुँदैन, यो डुब्छ।’

सामाजिक क्षेत्रमा पन्थको आवश्यक्ता चौतर्फी बनिसकेको बेला माओवादीबाट बहुमतले एकल सिफारिस चयन भएपछि उम्मेदवार बनाउँन सिद्धान्त भन्दा विकासलाई आत्मसाथ गरेको देखिएको छ। माओवादी पाटीबाट जितेर मन्त्री बनिसकेका शन्तकुमार थारुलाई चयन नगरेर माओवादीबाट पन्थको नाम प्रतिनिधि सभाका लागि अघि सारेर एकल नाम बहुमतले सिफारिसमा गर्दा भने ‘विकास ब्रान्ड’ ले शुत्रधारको काम गरेको जस्तो देखिएको छ।

तीन पटक चुनाव जितेर मन्त्रीका बनेका थारु प्रतिको असन्तोष विकास गर्न नसकेको भन्ने कार्यकर्तामा देखिएको छ। शान्ती प्रक्रियापछि चुनावमा होमिएको माओवादीले निर्वाचन क्षेत्रनं २ मा पटक पटक चुनाव जितेपनि नेता गतिलो नहुँदा विकासको पछि परेको बुझाइ परेको छ। थारु बाहुल्य क्षेत्रमा सिद्धान्त मात्र बोक्ने नेतालााई सिफारिसमा पन्छाएको देखिएको हो।

लामो समय एउटै व्यक्ति पाटीको उम्मेदवार। विकासको अवस्था जहाँको त्यही देख्दा दलका कार्यकर्ता पनि रुष्ट देखिन्छन्। जिल्लामा भुरीगाउँदेखि सुर्खेत जोड्ने तेलपानी सडकखण्ड, सीमामा भन्सार, दीर्घकालीन रुपमा नदी नियन्त्रण हुनु पर्ने प्रमुख चुनावी एजेण्डा बन्ने गर्छन्। तर, मतदाता झुक्काएर एजेण्डा पूरा नगर्ने नेताविरुद्ध कार्यकर्ता देखिएका छन्।

यतिबेला बर्दिया निकुञ्जका सरक्षित वन्यजन्तु बाघ, हात्ती, गैडालाई वस्ती पस्नबाट रोक्न प्रमुख समस्याका रुपमा रहेको स्थानीयले औल्याएका छन्। कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजनाको काम अघि नबढ्दा आक्रोषित मतदाताले सिद्धान्त बोक्ने नेता नभइ जनताको भावना सार्थकता तुल्याउँन लागि पर्ने नेताको आवश्यक्ता औल्याएको खैरी चन्दनपुरका पूर्व गाविस अध्यक्ष देबीप्रसाद घिमिरेले बताए।

हाम्रो होइन, राम्रो नेताको खोजीमा मतदाता रहेको घिमिरेले दाबी गरे। ‘राजापुरमा राम्रो अस्पताल छैन, सिंचाइ छैन, जंगली जनावरले बर्सेनि नोक्सान गर्छन्,’ उनले भने, ‘सिद्धान्त पढाउँने नेतालाई भन्दा किसानको घाउमा मलहम लगाउन विकास बोक्ने भरिया नेता चुन्नुपर्छ।’ घिमिरे एमालेका पूर्व गाविस अध्यक्ष जितेको पुराना नेता हुन्।

निर्वाचन क्षेत्र नं. २ माओवादीको आधार क्षेत्र हो। शान्ति प्रक्रियापछि पटक पटक भएका चुनाव माओवादीले जित्दै आएको छ। थारु बाहुल्य क्षेत्रमा पाटीको सम्भावित उम्मेदवार पूर्व सांसद मानबहादुर चौधरी लगायतका थारु नेताको प्रस्तावमा लुम्बिनी प्रदेश सदस्य पन्थलाई बहुमतले एकल सिफारिस गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरेको हो।

प्रकाशित: ५ आश्विन २०७९ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App