८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

महेश बस्नेतको उपस्थितिमा राष्ट्रपतिको समर्थन गर्दै युवा संघको र्‍याली

नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ।

युवासंघ नेपालले बानेश्वरमा प्रदर्शन गरेको हो। नेता महेश बस्नेतको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले समर्थन र्‍याली निकालेका थिए। प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरेका छन्।

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ। तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको तस्वीर बोकेर प्रदर्शन गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७९ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App