१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको छ: प्रधानमन्त्री देउवा

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै जितियाले सामाजिक एकता र सद्भावलाई जोगाएको बताएका छन्।  

देउवाले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गरेका छन्। साथै उनले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्‍याएको बताएका छन्।  

उनले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

‘यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्व पूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस्’, उनको सन्देशमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७९ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App