७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्नः अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ?

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन्।

उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन्।

उनले आफ्नो फेसबुकमार्फत् सो कुरा बताएका हुन्। काठमाडौँको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको फोटो राख्दै उनले राष्ट्रपति र अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन्।  

'आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।' उनले लेखेका छन्।

प्रकाशित: १ आश्विन २०७९ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App