२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

नेपाल बार एसोसिएसन अध्यक्षमा केसी निर्वाचित

काठमाडौं–कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा शेरबहादुर केसी विजयी भएका छन्। अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्।

६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन्।

अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ। मत परिणामको अाधिकारिक घोषणा हुन बाँकी छ।

प्रकाशित: २६ चैत्र २०७२ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App