९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक तालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार दशैंको टीकाको ४ दिनपछि अर्थात कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ। दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ।

त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ। २६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि पाउने कार्यतालिकामा छ।

निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ।

प्रकाशित: २३ भाद्र २०७९ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App