१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

होलीमा रौसिए राजकुमार (फोटो फिचर)

गौंडा (लमजुङ)- गोर्खा वेल्फेयर स्किमले पुनर्निमाण गरिरहेको गौंडा माविको अवलोकनका लागि पुगेका बेलायती राजकुमारले ह्यारी मंगलबार विद्यार्थी र अभिभावक एवं शिक्षकहरुसँग होली खेलेका छन्। स्कुलको अवलोकन लगत्तै विद्यार्थीहरुसँग भलिबल खेलेका उनी खेलपछि रङमा रमाएका थिए।

DSC01230

आफू नेतृत्व टिमलाई भलिबलमा जिताएपछि उत्साहित ह्यारीले स्थानीयसँग अबिर घसाघस गरेका थिए। अञ्जु, महिमा, र प्रतिमाले ह्यारीलाई दुवै हातले दुवै गालामा अबिर घसिदिएका थिए। लगत्तै उनले आफू पनि के कम भन्ने शैलीमा ती युवतीहरुले ल्याएको किस्तीबाट अबिर झिकेर उनीहरुको गाला रातै पारिदिए। त्यसपछि पूर्व गोर्खा सैनिक र अभिभावकहरुसँग होली खेले। आफैं अघि सरेर अरुलाई अबिर घस्न तस्मिएका राजकुमारलाई रङ लगाइदिने र उनीसँग फोटो खिच्ने माहौल केहीबेर चलिरह्यो।
DSC01217
भलिबलमा ब्रिटिस गोर्खा नेपाल टिमबाट ह्यारीले भलिबल प्रतिस्पर्धा गरेका थिए भने अर्काे टिम गोर्खा वेल्यफेयर स्किमको थियो। बेस्ट अफ वानको आधारमा भएको प्रतिस्पर्धामा ह्यारीको टिमले १९ का विरुद्ध २५ स्कोरले बाजी मारेको थियो। सोमबार रात बिताएको लेउरानी गाउँबाट १ घन्टाको पैदल यात्रापछि ओखरी गाउँको स्कुल पुगेका ह्यारी त्यहाँ भलिबल र होलीमा रमेपछि साढे १० बजे हेलिकोप्टरमार्फत पोखरा उडेका थिए।

LAMJUNG HARRY HOLI

LAMJUNG HARRY HOLI 1

LAMJUNG HARRY HOLI 2

LAMJUNG HARRY HOLI 3

LAMJUNG HARRY HOLI 4

LAMJUNG HARRY HOLI 6

तस्बिर सौजन्य : दीपक परियार

प्रकाशित: ९ चैत्र २०७२ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App