coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गगनले पाए सिटौलाभन्दा झन्डै दोब्बर मत

काठमाडौं— सभापति पदका प्रत्यासी कृष्णप्रसाद सिटौला र महामन्त्री पदका प्रत्यासी गगनकुमार थापाको एकै प्यानलबाट उम्मेदवार बनेका थिए। मतदाताले सिटौलाभन्दा बढी गगनलाई विश्वास गरेको देखिएको छ।आइतबार राजधानीको राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतदानमा सिटौलाले पाएको भन्दा झन्डै दुई गुणा मत गगनले पाएका छन्। आइतबार राष्ट्रिय सभागृहमा भएको मतदानको गणना हुँदा सभापति पदका प्रत्यासी सिटौलाले कूल ३२४ मत पाएका थिए। उनले पाएको यो मत पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने रामचन्द्र पौडेलकोभन्दा आधाभन्दा कम थियो।

सिटौलाकै प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका गगनकुमार थापा पछिल्लो मतपरिणामअनुसार तेस्रो स्थानमै छन्। फरक के छ भने गगन आफ्नै प्यानलमा सिटौलाभन्दा बढी लोकप्रिय देखिएका छन्।

महामन्त्रीको मतपरिणामअनुसार गगनले ५८४ मत पाएका छन्। महामन्त्रीमा विजयी हुने रामचन्द्र पौडेल प्यानलका उम्मेदवार वीपी पुत्र शशाङ्क कोइरालाले १४१७ मत पए। दोस्रो हुने शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले १०१७ मत पाए।

आइतबार राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा ३ हजार १४८ मत खसेको थियो।

दोस्रो चरणको निर्वाचनबाट सभापति चयन गरिसकेपछि आज बिहान १:३० बजेदेखि महामन्त्री तथा कोषाध्यक्षको मतगणना सुरु गरिएको थियो। सोमबार भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा कांग्रेस सभापति पदमा निर्वाचित भएका थिए।

प्रकाशित: २५ फाल्गुन २०७२ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App