८ वैशाख २०८१ शनिबार
राजनीति

जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

दरबारमार्ग अनुगमन गर्दै बालेन।

अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरपालिका एक्शनमा उत्रिएको छ। सोही क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति नै दोषी भएको बताएका छन्।

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।

मेयर बालेनले अहिले दरबारमार्गलगायत अन्य क्षेत्र अनुगम गरिरहका छन्। दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गर्दा सडकमा बाक्लो जाम हुने गरेको छ। मेयर बालेन नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ।

महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो। बुधबार काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन मेयर बालेन आफैं फिल्डमा पुगेका थिए। उनले अवैध तरिकाले बनाएका साना वा ठूला सबै संरचनाका भत्काउने बताएका छन्। एकातिर भाडामा बस्ने व्यवसायहरुले सूचना बिना नै संरचना भत्काइएको बताएका छन्।

महनगरले ३५ दिने सूचना जारी गरेपनि मल, कम्प्लेक्सहरुका सञ्चालकहरुले आफूहरुलाई यो विषयमा जानकारी नदिएको बताएका छन्। काठमाडौँ मलका एक स्थानीय व्यापारीले मल भित्रैको संरचना भत्काउनु अघि घरबेटीले केही नभएको बताइन्। 'पैसा पनि लिने, सूचना नदिने अनि भत्काइदिने? यो राम्रो भएन।' उनले भनिन्।

काठमाडौँ महानगरपालिकाले पार्किङको व्यवस्थापन गर्न र सुन्दर बनाउन नक्सा पास बिना बनेका सबै संरचना हटाउन सुरु गरेको महानगरले जनाएको छ। महानगरले ३५ दने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको हो। भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली, नेपाल प्रहरी र ट्राफिक प्रहरी, महानगर प्रहरीको टोली पनि खटिएको थियो। आजै कोटेश्वरको फुटपाथ र पार्किङको पनि अनुगमन गरिने महानगरले बताएको छ।

प्रकाशित: ८ भाद्र २०७९ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App