९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सिट भागबण्डाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ। बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत उपस्थित छन्।

प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन।

प्रकाशित: ३ भाद्र २०७९ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App