coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ सांसदहरुको नामावली सार्वजनिक

फाइल तस्बिर।

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली सार्वजनिक गरेका छन्। सभामुखले संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्।  

लामो समयसम्म विदामा बस्‍ने सांसद नवराज रावतको नाम अग्रपंक्तीमा छ। उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्‍म विदामा छन्। उनी अहिले अमेरिकामा छन्।  

धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन्।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन्।

गयल हुने सांसदहरुको सूची

प्रकाशित: २ भाद्र २०७९ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App