८ वैशाख २०८१ शनिबार
राजनीति

विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन माओवादी सांसद पहाडीको माग

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रकी सांसद सत्य पहाडीले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सत्य पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग जोडदार माग गरिन्। उनले स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रका लागि प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी रोजगारी सृजना गर्ने काममा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराइन्।  

सांसद पहाडीले भनिन् ‘बजेट भाषणमा सुन्न र पढन पाईने विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै बनिरहेका छन। यथार्थमा विद्यार्थीहरुले शैक्षिक कर्जाको उपयोग गर्न पाईरहेका छैनन्। सभामुख महोदय, त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि असारे विकासजस्तै औपचारिकता मात्रै बनिरहेको छ। तसर्थ, स्वरोजगार कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम र विपन्न वर्ग र क्षेत्रलाई प्रदान गरिने सहुलियतसहितको कर्जालाई एकीकृत गरी स्थायी प्रकारणको रोजगार सृजना गर्न ध्यान देओस् भनेर सभामुख महोदयमार्फत् नेपाल सरकारलाई जोडदार माग गर्दछु।’

प्रकाशित: ३१ श्रावण २०७९ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App