११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक सकियो, के-के निर्णय भयो?

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच निर्णय गरेको छ।  

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई 'उम्मेदवार मनोनयनको औपचारिक पत्र' प्रदान गर्नका लागि पार्टी सभापति  शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेकाे  छ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव  कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएकाे  छ।

यस्तै  प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने र निर्वाचन केन्द्रीत राष्ट्रव्यापीअभियान २०७९ भ्राद २ गतेदेखि गर्ने निर्णय गरिएकोमा उक्त अभियान भाद्र १० गतेदेखि भाद्र २४ गतेसम्म संचालन गर्ने  िनर्णय भएकाे  छ।

प्रकाशित: २८ श्रावण २०७९ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App