१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कालापानी नेपालको नक्सामा समेटेपछि म प्रधानमन्त्रीबाट हट्नु पर्‍याे: ओली

फाइलतस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्।  

अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउनु पुगेको बताए।

ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यस अघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे। उनले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखि भएर अहिले भईरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया समेत गरे। 

उनले सत्तामुखि भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहहरुलाई पटकपटक सचेत गराए। त्यस अवसरमा उनले २०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौंता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए। 

अध्यक्ष ओलीले पूर्वजहरुले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहोर्‍याए। मुलुकको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरुले ज्यान दिए/लडे, हामीले अडेमात्रै पनि पुग्ने उनको भनाई थियो।

ओलीले एमसीसी सम्झौंतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेश गर्ने पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो समेत गरे।

प्रकाशित: १६ श्रावण २०७९ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App