१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शर्मामाथि संसदीय समितिले आजै फरेन्सिक विज्ञसँग परामर्श गर्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुसँगबाटै जानकारी लिन लागेको हो। बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए।

उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर अप अध्ययन गर्ने (मंगलबार) दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको बताए। सचिव अर्यालले  ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए।

उनले भने, ‘सोमबार नेपाल प्रहरीको फरेन्सिक ल्याब पाएका सीसीटीभी फुटेज र हार्डडिक्स फिर्ता भएको थियो। आजको बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याब पाएका सीसीटीभी फुटेज र हार्डडिक्स खोलेर हेरौं। त्यसमा भएका विषयहरु प्राविधिक भएको हुनाले यो अनुसन्धानकै क्रममा रहेको छ। केही विषय प्राविधिक भएको कारण फरेन्सिक ल्याबका विज्ञहरुसँग नै जानकारी लिनुपर्ने भएकाले आज ४ बजे फरन्सिक ल्याबका विज्ञहरुसँग छलफल गरेर गर्छौं। सीसीटीभीमा देखिने कुराहरु भन्दा पनि भित्रका प्राविधिक विषयहरु पनि छन्। नेपाल फरेन्सिक ल्याबमा जसले काम गर्‍यो उहाँहरुसँग जानकारीको लागि छलफल गर्छौं।’

समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सीसीटीभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सीसीटीभीको हार्डडिक्स नै समितिलाई दिएको थियो। समितिले डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो। फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो।  

प्रकाशित: १० श्रावण २०७९ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App