४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

फाइल तस्बिर

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।  

बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले आज बेलुका समितिको म्याद सकिने र छानबिन निष्कर्षमा नपुगेकाले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि प्रस्ताव गरिएको बताए।  

उनले भने,'समितिले छानबिन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आवश्यक समय थप गर्न माग गरेर सभामुखसमक्ष प्रस्ताव राखिएको छ,उहाँहरूले छलफल गरेर के गर्नुहुन्छ।'

प्रकाशित: ५ श्रावण २०७९ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App