coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अहिलेको जमानामा कोही ‘स्वतन्त्र’ हुँदैन: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले  अहिलको समयमा कोहीपनि स्वतन्त्र नहुने बताएका छ।

बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै  उनले  स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरु भएको दाबी  गरे।

अध्यक्ष दाहालले अहिलेको नेपालमा र समयमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गरे। उनले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताए। अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सिमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा सुरु गर्न आवश्यक रहेको बताए । उनले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले  हुन नसकेको पनि स्पष्ट पारे। अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिहरु सफल भएको दाबी गरे।

उनले भने, ‘हामी अगाडी बढ्न सकेनौं भने, पछि फर्किने तत्व र प्रवृत्ति वभिन्न नाममा आउँछन्,’ उनले भने, ‘ व्यक्तिगत, स्वतन्त्र भन्छन्, स्वतन्त्र अहिले कोही हुँदैन। स्वतन्त्र भन्ने अहिले मान्छे हुँदैन । अहिलेको जमाना र नेपालमा।’ 

प्रकाशित: ३० असार २०७९ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App